धारिलो हतियार प्रहार हुँदा ड्युटीमा रहेका प्रहरी निरीक्षक घाइते
झापा | भदौ ८, २०८०
झापा: इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवाल एक युवकको धारिलो हतियार प्रहारबाट घाइते हुनुभएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको झरना खोला नजिक हिजो बेलुका नियमित गाडी जाँचका क्रममा उहाँमाथि धारिलो हतियार प्रहार भएको हो । तीन जना युवा चढेको मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिने क्रममा एक युवाले बञ्चरो प्रहार गर्दा कटुवालको टाउको र हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी गाडी जाँचमा खटिनु भएको थियो ।
उहाँको बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले आक्रमणमा संलग्नसहित तीनै जना युवालाई नियन्त्रणमा लिएको छ । आक्रमणमा संलग्न युवाहरुले जाँडरक्सी खाएर मोटरसाइकल चलाएका प्रहरीले जनाएको छ ।
पोखरा । सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा...
वर्षा हुने क्रम बढेसँगै देशका विभिन्न स्थानमा बाढी-पहिरोको जोखिम हुने सम्भावना पनि बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) काठमाडौँसहित देशका ३७ जिल्ला र त्यसआसपासका खोला/...
पोखरा । पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ । रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई...

